शैक्षिक गतिविधि ठप्प प्राय: रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युटर कोर्स अध्यापन गराउने डिजी स्कूलले पचास हजार विद्यार्थीलाई अनलाइनबाटै कम्प्युटर शिक्षा दिने अभियान ल्याएको छ।
बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिइएको हो।
लामो समयदेखि आइटी र व्यवस्थापनमा अध्ययन गराउँदै आएका सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्स र सनवे कलेजको सहकार्यमा डिजी स्कुल नेपालमा सञ्चालित छ।
हालसम्म नेपालका करिब पचास बढी स्कुलहरू डिजी स्कुलको कम्प्युटर पाठ्यक्रमबाट लाभान्वित भएका छन्।
डिजी स्कुलको सहयोगमा ती स्कुलले डिजी स्कुलको पाठ्यक्रम अनलाइन कक्षामार्फत् पढाउँदै आएका छन्।
डिजी स्कुलले नि:शुल्क शिक्षा व्यवस्थापन प्रणालीसँगै विद्यालयहरूलाई अनलाइन कक्षा, अनलाइन परीक्षा, अनलाइन प्रगति, अनलाइन नतिजा, क्विज र प्रमाणपत्रसहित विद्यालय ब्यवस्थापन सफ्टवेयर पनि प्रदान गर्दछ ।
कोभिड–१९ को महामारीको अवस्थामा डिजी स्कुलले कम्प्युटर कोर्षको भिडिओ कक्षा, अनलाइन असाइनमेन्ट, अध्ययन सामग्री र परीक्षाको व्यवस्थापन सबै अनलाइनबाटै गरेको छ।
विद्यार्थीहरूले प्रत्येक पाठ्यक्रम पूरा गरेबापत प्रमाणपत्र प्राप्त गर्नेछन्।
डिजी स्कुलका संस्थापक एवम् सिइओ विज्ञान श्रेष्ठले भने,‘यो समय प्रविधिको हो। कम्प्युटर सीप आधारभूत बनाउनुपर्दछ, अर्थात् स्कुलको स्तरबाटै। आजका बच्चाहरूले कम उमेरमै कोडिङ, ग्राफिक्स, भिडिओ सम्पादन सिकिरहेका छन्। नेपालका स्कुलका विद्यार्थीहरू पनि त्यस्तो अवसरबाट बञ्चित हुनु हुँदैन।’
डिजी स्कुलको अवधारणा भनेको प्रविधिको प्रयोग गरी स्कुलस्तरमा कम्प्युटर शिक्षा र डिजिटल नेपालको सपना साकार पार्नु रहेको श्रेष्ठले बताए।
कोभिड–१९ को महामारीले देशभरका सबै विद्यालय बन्द छन् । केही विद्यालयहरूसँग पर्याप्त कम्प्युटर प्रयोगशाला र शिक्षकहरू समेत छैनन् । त्यसैले प्रविधिको सदुपयोग गरी वेबसाइटमा लग इन गरेर डिजी स्कुलको पाठ्यक्रम अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन्।
विद्यार्थीले विद्यालय तहमै वेबसाइट र मोबाइल एप बनाउन सक्षम हुने श्रेष्ठले
डिजी स्कुलमार्फत् कम्प्युटर कोर्स गर्न चाहने विद्यालय एवम् विद्यार्थीले डिजी स्कुलको वेबसाइट
(digischoolglobal.com/register) मा गएर आफ्नो जानकारीसहित दर्ता गर्न सक्नेछन् वा ९८०१२२४२५५ मा सम्पर्क गरेर एवं Info@digischoolglobal.com मा इमेल गरेर पनि सहभागी हुन सक्छन्।