नर्वे सरकारले सासेक प्रसारण लाइन निर्माण तथा सुदृढ गर्नका लागि नेपाल सरकारलाई ३ करोड ५० लाख अमेरिकी डलर (चार अर्ब रुपैयाँ) अनुदान दिने भएको छ।
नर्वेले दिने अनुदानलाई स्वीकार गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता सञ्चार तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
दक्षिण एसिया क्षेत्रमा बिजुली प्रसारण तथा व्यापारका लागि बनाइयो यो आयोजनाका लागि एसियाली विकास बैंकले दिने २० करोड अमेरिकी डलर(२४ अर्ब रुपैयाँ) अर्ब सहुलियत ऋण पनि स्वीकार गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए।
मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा खतिवडाले यो आयोजना निर्माणपछि दक्षिण एसिया क्षेत्रमा बिजुलीको व्यापार तथा प्रसारणका लागि राम्रो वातावरण बन्ने विश्वास व्यक्त गरे।