ई-कमर्स कम्पनी सस्तोडिल र भारतको ई-कमर्स कम्पनी फ्लिपकार्टले सीमापार व्यापार सुरू गर्न रणनीतिक समझदरी गरी सम्झौता गरेका छन्।
सस्तोडिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतीय उत्पादनहरू (बच्चाका कपडाहरू, बच्चाका हेरचाहका सामग्री, अडिओ उपकरणहरू, पुरूष तथा महिलाका कपडाहरू, खेलका सामग्री) नेपाली ग्राहकहरू लागि ल्याइनेछ।
सस्तोडिलका संस्थापक सिइओ अमुन थापाले भने, ‘फ्लिपकार्टको निजी ब्रान्डको उत्पादनहरू पनि सस्तोडिलले देखाउनेछ। अब भारतीय उत्पादन पनि सस्तोडिलको माध्यमबाट अर्डर गरेको भोलिपल्ट नै उपलब्ध गराउनेछ।’
पहिलो चरणमा सस्तोडिलले अगस्ट मध्यबाट फ्लिपकार्टको निजी ब्रान्ड जस्तै मार्क्यु जस्ता राम्रा र गुणस्तरीय सामग्री प्रदर्शन गर्ने संस्थापक सिइओ थापाले बताए।
फ्लिपकार्टका निजी उत्पादनहरू अब सस्तोडिलमा नेपालमै उपलब्ध हुने भएपछि ग्राकहले अर्डर गरेकै दिन अथवा भोलिपल्ट सामगी पाउनेछन्।
समझदारी पश्चात फ्लिपकार्टका निजी ब्राण्डका उपाध्यक्ष देव अय्यरले भने, ‘फ्लिपकार्ट निजी ब्रान्डको पोर्टफोलियो सधैं उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने र उचित मूल्यांकन गर्नु हो।’
सस्तोडिलका सिसिओ अमितेश रायका अनुसार फ्लिपकार्टको इलेक्ट्रोनिक्स र होम डेकोर, फर्निचरका उत्पादनहरू सस्तोडिलमार्फत् सीमा पार विक्री वितरण सुरू गर्नेछ, भारतीय एमएसएमई पनि सिधै नेपाली उपभोक्ताहरूलाई बेच्न सकिनेछ।
यो साझेदारीले नेपालमा ५० हजारभन्दा बढीका गुणस्तरीय उत्पादन १५ देखि २१ दिनसम्म लाग्ने समयलाई सस्तोडिलले सिपिङ मूल्य पनि तिरेर तीन दिनमा उपलब्ध गराउने जनाइएको छ।