चालू आर्थिक वर्षको पहिलो महिना व्यापार घाटामा गिरावट आएको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो वर्ष व्यापार घाटामा २२.१७ प्रतिशतले घटेको हो।
तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्व ८० करोड ७९ लाख ८९ हजारको आयात र ९ अर्व ६२ करोड ४९ हजारको निर्यात भएको छ।
गत वर्षको सोही अवधिमा १ खर्व ६ खर्व ७२ करोड ५३ लाख १८ हजारको आयात र ८ अर्व ८३ करोड ७० लाख ८६ हजारको निर्यात भएको थियो।
यो अवधिमा आयात १९.६० प्रतिशतले घटेपनि निर्यात भने ८.८६ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ।
पोहोरको तुलनामा यो अवधिमा वैदेशिक व्यापार भने १७.४२ प्रतिशतले घटेको छ।