आर्थिक वर्ष २०७६/७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकका अनुसार गएको वर्ष गैरखाद्य बाहेका सबै वस्तुको मूल्य बढेको छ।
गएको कुल आन्तरिक कर्जा १३.६ प्रतिशतले बढेको छ । यो बृद्धिदर अघिल्लो वर्षको तुलनामा न्यून हो। अघिल्लो वर्ष उक्त कर्जा २१.१ प्रतिशतले बढेको थियो ।
त्यस्तै निक्षेप संकलन भने गएको वर्ष १८.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १८ प्रतिशतले बढेको थियो।