आज दुई देशबाट ४९० जना नेपाली स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज कतार र मलेसियाबाट तीन उडानबाट ४९० जना नेपाली फर्किएका छन्।
विमानस्थल कार्यलयका अनुसार बिहान नेपाल एयरलाइन्सको उडानबाट २६२ जना नेपाली फर्किएका थिए। त्यस्तै हिमालय एयरलाइन्सको उडानबाट १५६ जना नेपाली फर्किएका थिए।
मलेसियाबाटै आएको नेपाल एयरलाइन्सको उडानमा १६ शव पनि ल्याइएको थियो।
त्यस्तै बेलुका कतार एयरवेजको उडानबाट ७२ जना नेपाली कतारबाट फर्किएका छन्। कतारको उडानबाट १२७ जना कतार जाने छन्।
सरकारले विदेशमा रहेका नेपाली ल्याउनका लागि चार्टर्ड उडान अनुति दिएको छ। यसरी दिइएको अनुमतिअनुसार दिनमा ५ सयजनामात्र ल्याउन पाइने छ।
विभिन्न शर्तहरु तोकिएको चार्टर्ड उडानमा फर्किएका नेपालीले यहाँ कि पिसिआर रिपोर्ट नेगेटिभ देखाएर होम आइसोलेसनमा बस्नुपर्ने छ भने कि होटल क्वारेन्टिनमा सात दिन बस्नुपर्ने छ।
विमासन्थल कार्यालयका अनुसार देशभित्र आज दुई हेलिकप्टर उडानमात्र भएका छन्। यी दुबै उडान गोरखा गएका थिए।