आइटी तथा इ-कमर्समा ५ हजार विद्यार्थी दीक्षित गरेको सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सले आफ्नो यात्राको १० वर्ष पूरा गरेको छ।
देशमा अन्तर्राष्ट्रिय स्तरको आइटी शिक्षा प्रदान गर्न कलेजले बेलायतको कोभेन्ट्री युनिभर्सिटीसँग सहकार्य गरी बेलायतको पाठ्यक्रम नेपालमै अध्यापन गराउँदै आएको छ।
सफ्ट्वेरिका पूर्वविद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा टेक्नोलोजीमा आधारित कम्पनीमा कार्यरत रहेको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठ बताउँछन्।
नयाँ प्राविधिक पाठ्यक्रमहरू भित्र्याइ नेपाली भूमिमै आइटी शिक्षाको अध्यापनमा सफ्ट्वेरिका कलेजको योगदान कोशेढुङ्गा सावित भएको श्रेष्ठले बताए।
कलेजले युनिभर्सिटीको पाठ्यक्रम बाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड इथिकल ह्याकिङ्ग, आइबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आइटी सम्बन्धित पाठ्यक्रमहरूको समेत अध्यापन गराउँदै आएको छ।
साथै कलेज आर्टिफिसियल इन्टेलिजिन्समा स्नातक र डाटा साइन्समा मास्टर डिग्री सञ्चालनको प्रकृयामा छ।
सफ्टवेरिका टिम अन्तर्गतको पार्टनर कलेज, सनवे इन्टरनेसनल बिजनेस स्कुलले डाटा साइन्स र डिजिटल मार्केटिङमा स्नातक डिग्री प्रदान गर्ने प्रक्रियामा रहेको छ, जुन कोर्ष नेपालका लागि पहिलो हो।
यसैबीच, सफ्ट्वेरिका टिमले ‘डिजी स्कूल ग्लोबल’ मार्फत् बेलायतको एन सि सि एजुकेसनले तयार गरेको आइटी शिक्षाको पाठ्यक्रम स्कुलस्तरका विद्यार्थीहरूका लागि सुरू गरेको छ।
सफ्टवारिका कलेज जस्ता प्राविधिक संस्थाहरूलाई प्राविधिक पाठ्यक्रमहरू पेश गर्न सरकारले प्रोत्साहित गरी दक्ष प्राविधिक मानव संसाधनको आवश्यकता पूरा गर्न जोड दिनु पर्ने कलेजका प्रमुख प्रमोद पौडेल बताउँछन्।
उनी भन्छन् ‘केही वर्ष अघि हामीले महशुस गर्यौं कि यहाँ मानव संसाधनको आवश्यकता छ जुन साइबर सुरक्षामा काम गर्न सक्छ। त्यसपछि हामिले इथिकल ह्याकिङ र साइबर सुरक्षामा स्नातक पढाउन सुरु गर्यौं, नेपालमा यो पढाई पहिलो बन्यो। हाम्रा स्नातक अध्ययनरत विद्यार्थीहरूले अब एक वर्षपछि साइबर सुरक्षामा देशका लागि काम गरिरहेका हुने छन्।’
आईटी उद्योग र शिक्षण संस्थाको उत्थानमा सरकारको सहयोगी भुूमिका भएमा काठमाडौं, दक्षिण एसियाको ‘सिलिकन भ्याली’ हुन सक्ने तर्क राख्छन् कलेजका बिजनेस डाइरेक्टर अमृत थापा।
त्यसका लागि सरकारले सफ्टवारिका जस्ता शिक्षण संस्था र प्रविधिमा आधारित कम्पनीहरूको प्रवर्द्धनमा साघाउन आवश्यक रहेको थापाको भनाइ छ।
पाँच जनाको समूहरूबाट सुरू भएको सफ्टवारिका कलेजको संस्थापक अध्यक्ष विज्ञान श्रेष्ठसँगै विनोद श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, अमृत थापा र प्रमोद पौडेल सहसंस्थापक रहेका छन्।