काठमाडौंका केही स्थानमा आज विद्युत कटौती हुने भएको छ।
कुलेश्वर वितरण केन्द्र अन्तर्गतको टेकु–तहाचल फिडरको टेकु सबस्टेशनदेखी विष्णुमती खोला सम्मको एच.टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नुपर्ने भएकोले सो क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्रधिकरणकाअनुसार उक्त फिडरअन्तर्गत कालिमाटी, तहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लु लगायतका क्षेत्रहरु विद्युत कटौती हुने छ। कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।