केन्द्रीय तथ्यांक विभागले गएको आर्थिको वर्षको अनुमानित कूल ग्राहस्थ उत्पादनको प्रक्षेपन संसोधन नगरिएको जानकारी दिएको छ। विभागले प्रेस विज्ञप्ति जारी गर्दै गएको वैशाख १७ मा सार्वजनिक गरिएको विवरण नै अहिलेसम्मको अनुमान कायम रहेको प्रष्ट पारेको छ।
विभागले त्राइमासिक विवरणलाई वार्षिक विवरण जस्तोगरी बाहिर प्रेषण भएको भन्दै आफ्नो पुरानै प्रक्षेपन कायम भएको बताएको छ।
'केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/७७ को सात देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरू एवं बाँकी अवधिमा विश्व तथा राष्ट्रिय तहमा देखिएको कोभिड-१९ को महामारीको असरलाई न्यून गर्नको लागि अवलम्बन गरिएको आन्तरिक तथा बाहा प्रयासहरूको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असरको अनुमान गरी आर्थिक वर्ष २०७६/७७ को प्रारम्भिक बार्षिक राष्ट्रिय लेखा तथ्याङ्क मिति २०७७ साल बैशाख १७ गते बुधवार प्रकाशनमा ल्याएको थियो। जसअनुसार आर्थिक वर्ष २०७६/७७ मा आधारभूत मुल्यमा २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको सबैलाई अवगत नै छ। यो बाहेक विभागले हालसम्म आर्थिक वर्ष २०७६/७७ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा ल्याएको छैन' विभागको विज्ञप्तिमा उल्लेख छ।
विभागले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिकको कुल ग्राहस्थ्य उत्पादन आधार मूल्यमा अघिल्लो वर्षको तुलनामा २.७२ प्रतिशतले घटेको विवरण वेबसाइटमा सार्वजनिक गरिसकेको जानकाकरी दिएको छ। त्राइमासिक विवरणलाई वार्षिक बृद्धिदरका रुपमाम नबुझिदन विभागले आग्रह गरेकको छ।