प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवासयीसँगको छलफलमा निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई पनि सहभागी गराएका छन्।
कोरोनाको असरका बारेमा व्यवसायीको धारणा बुझ्न आज छलफलका अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीले व्यवसायीका प्रतिनिधिहरुलाई बालुवाटार बोलाएका थिए।
उक्त छफलमा व्यवसायीसँगै उद्योमन्त्री,उद्योग राज्यमन्त्रीसँगै हालैमात्र राजिनामा दिएर निस्किएका डा युवराज खतिवडालाई पनि प्रधानमन्त्रीले राखेका थिए।
छलफलमा खतिवडाले व्यवसायीहरुलाई बजेटले दिएका छुट तथा अफरहरुका बारेमा जानकारी गराएका थिए।
उक्त छलफलका क्रममा खतिवडाले बहालवाला मन्त्रीको जस्तै प्रस्तुत भएका थिए। 'उहाँले आफैले ल्याएको बजेटको स्वामित्व लिनका लागि पनि त्यसरी प्रस्तुत हुनुभएको होला' एक व्यवसायीले भने।
व्यवसायीहरुले छुट तथा राहतका दिनका लागि प्रधानमन्त्रीसमक्ष माग राखेका थिए।