निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा सञ्चालन गर्नका लागि छनौट भएको जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)बाट विस्तृत प्रस्ताव लिएर असोज १४ भित्र अन्तिम निर्णय लिने सरकारले निर्णय गरेको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तर निकाय समुन्वयका लागि गठन भएको समुन्वय समितिले जुरिचसँग असोज १४ भित्र प्रस्ताव लिएर अन्तिम निर्णय गरिसक्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेतृत्वकव उक्त समितिले लगानी बोर्ड मार्फत् उक्त निर्णय सम्पन्न गर्ने निर्णय गरेको हो।
लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ प्रस्ताव परेका थिए। त्यसबाट लगानी बोर्डले जुरिचलाई योग्य ठहर गर्दै प्रस्ताव माग गर्ने निर्णय गरेको थियो।
विस्तृत प्रतिवेदन माग गर्ने निर्णय भएको १ वर्षसम्म पनि जुरिचले प्रस्ताव बुझाउन सकेको छैन। लकडाउन भएको भन्दै लगानी बोर्डले जरिलाई पछिल्लोपटक समय थप गर्दै असोज १४ सम्म पुर्याएको छ।