विश्व आर्थिक स्वतन्त्रता सूचकमा नेपाल एक स्थान माथि उक्किलएको छ।
क्यानडामा रहेको फ्रेसर इन्सिच्युटसँगसँगको सहकार्यमा समृद्धि फाउन्डेसनले नेपालमा सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता रिपोर्ट २०२० मा नेपाल १६२ देशशमा १०९ औं स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा एक स्थान सुधार गरेको हो।
सरकारी आकार सूचकमा नेपाले अघिल्लो वर्षको तुलनामा न्यून अंक पाएर ६३ औं स्थानमा छ। कानूनी व्यवस्था तथा सम्पतिको अधिकार सूचकमा १०४ स्थाानमा छ। त्यस्तै साउन्ड मनीको पहुँच सूचकमा १३७ औं स्थानमा छ। अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्रतामा १११ औं स्थानमा रहेको नेपाल ऋण,श्रम र व्यापारको नियमन सूचकमा ७१ औं स्थानमा रहेको छ।
यो सूचकमा पहिलो नम्बरमा हङकङ छ भने दोस्रोमा सिंगापुर रहेको छ। न्यूजल्यान्ड, स्विटजरल्यान्ड, अमेरिका, अष्ट्रेलिया, मौरिसस, जर्जिया, क्यानडा र आयारल्यान्ड पहिलो १० मा परेका छन्।
यद्यपी सन् २०१८ को डेटामा आधारित सूचक तयार पारिएको हो।