उद्योग विभागले शुक्रबारबाट सबै सेवा सुरू गरेको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेको विभागले निषेधाज्ञा खुकुलो भएसँगै सबै सेवा सुरू गरिएको विभागका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए।
उक्त समयमा विभाले उद्योग दर्ताको काम पनि रोकेको थियो। उद्योग दर्ता नगरे पनि ग्राहकको निवेदन भने लिएको थियो।