नेपाल उद्योग परिसंघका प्रतिनिधिले राष्ट्रपति विद्यादेवि भण्डारीलाई कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी सम्पूर्ण उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्न दिनुपर्ने माग माग राखेको छ।
उनीहरूले शनिबार राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेर कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नु भन्दा सुरक्षाका उपाए अपनाएर व्यवसाय सञ्चालन गर्न दिन माग राखेका हुन्।
छलफलमा राजश्व तिर्ने समय तोकिएको समयावधी भन्दा एक महिना बढीको समय थप गरिदिन समेत आग्रह गरेका छन्।
परिसंघले यस्तो विषम परिस्थितिमा उद्योगमा कार्यरत कर्मचारी र कामदारहरुको हौसला बढाई काममा लगाउनु पर्ने धारणा राख्दै यदी उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पिसिआर टेष्ट गराएर बाँकी कर्मचारी तथा
कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ।
कोभिडको महामारीबाट पर्यटन क्षेत्रपनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपति समक्ष जानकारी गराएका छन्। पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको छ।
नेपाल प्रवेश गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने र तीन दिनको क्वारेन्टाइन पछि सम्बन्धित पर्यटकको पिसिआर टेष्ट गरीपरिक्षण नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनु पर्ने सम्बन्धमा छलफल भएको छ।
संक्रमणलाई रोक्नको लकडाउन र निषेधाज्ञा नगरी लागि सुविधा सम्पन्न उपचार केन्द्रहरुको स्थापना, राम्रो क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था गर्नु पर्ने धारणा परिसंघले राखेको छ।
छलफलमा राष्ट्रपतिबाट उद्योगी व्यवसायीहरुको सुझावहरुलाई सकारात्मकरुपमा लिएकी छिन्।
परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वमा गएको टोलिमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु क्रमशः अनुज
अग्रवाल र निर्वाणा चौधरी उपस्थिति थिए।