विश्व बैंकले प्रकाशित गर्दै आएको ह्युमन क्यापिटल इन्डेक्स २०२० प्रकाशित भएको छ। यो सूचीअनुसार दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा कायमै छ। यसअघिको सूचकमा पनि नेपाल श्रीलंकाभन्दा मुनी र भारतभन्दा माथि रहेको थियो।
सूचकमा भातरको भ्यालु ४९ रहेको छ भने भनेपालको ५० छ। यसअघि २०१८ मा भारतले यस्तै सूचकमाथि प्रश्न उठाएको थियो।
महामारी अघिको अवस्थामा नेपालको मानव पुँजी विकासमा राम्रो प्रगति गरेको विश्व बैंकले उल्लेख गरेको छ। विशेषगरी नेपालजस्ता न्यून आय भएका मुलुकमा यस्तो प्रगति राम्रो देखिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपालमा बालबालिकाको शिक्षामा भएको लगानीको प्रतिफल राम्रो देखिएको बैंकले जनाएको छ। नेपालमा आज जन्मिएका बालबालिकाले पूर्ण शिक्षा र स्वास्थ पाएपछि ५० प्रतिशत उत्पादक हुन्छन्। यो दक्षिण एसियाका कुनै पनि देशको तुलनामा राम्रो हो भने न्यून आय भएका मुलुकहरुमा पनि नेपालको सबैभन्दा राम्रो प्रतिफल हो। उच्च विद्यलय प्रवेशदरका कारण यस्तो प्रतिफल आएको बैंकले जनाएको छ।
यद्यपी कोभिड १९ महामारीका कारणले धेरै बालबालिकाहरु विद्यालय बाहिर रहेको र यसले गर्दा महिला तथा बालबालिकाको भविष्यमा ठूलो असर पार्नसक्ने बैंकले बताएको छ।महामारीका कारणले गर्दा धेरै बालबालिका तथा परिवारहरु खाद्य तथा पोषणको संकटमा पर्नसक्ने बैंकको चेतावनी छ।
महामारीले मानव पुँजीमाथि खतरा उत्पन्न गरेको तर यही अवस्थामा धेरै देशहरुले पुनरुत्थानका लागि काममात्र राम्रोसँग गर्नुपर्ने बैंकले सुझाएको छ। अहिलेको उपलब्धीलाई रक्षा गर्नका लागि भएपनि देशरुले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने, सिमान्तकृत समुदायको रक्षा गर्नुपर्ने, सिकाइको विस्तार लगायतका पारिवारिक संरक्षणका क्षेत्रमा पनि सरकारहरुले काम गर्नुपर्ने बैंकको सुझाव छ।