कोभिड–१९ संक्रमणको कारण ७ महिनादेखि पठन पाठन ठप्प छ। यस्तोमा ट्यूसन हुने त कुरै भएन। अहिले भौतिक रुपमा ट्युसन लिन जोखिम छ।
यस्तो प्रतिकुल अवस्थामा स्किम इन्टरनेश्नल टेक्नोलोजी प्रालीले अनलाइन रेकर्डेड कक्षाको लागि ‘इ–कक्षा’ सफ्ट्वेयर संचालनमा ल्याएको छ।
कतिपय विद्यालयहरुले जुम र टिम्स मार्फत अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका छन्। तरपनि विविध कारणले प्रभावकारी नभएको अवस्थालाई मध्यनजर गर्दै यो सफट्वेयर निमार्ण गरिएको स्किम इन्टरनेश्नल टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अभिषेक सिवाकोटीले जानकारी दिए।
यस सफ्टवेयर मार्फत गुणस्तरिय शिक्षकहरुबाट पाठ्यक्रम विकास केन्द्रले तोके बमोजिमको पाठहरुको रेकर्डिङ हेरेर पढ्न सकिने उनले जानकारी दिए।
उनका अनुसार प्रत्येक पाठहरु शिक्षकहरुको लामो अनुभवका आधारमा विद्यार्थिहरुलाइ सजिलै बुझ्ने गरी तयार गरिएको हुन्छ।
यस सफ्टवेरमा रेकर्डेड भिडियोहरु बाहेक शिक्षकहरुबाट असाइनमेन्ट, नोट्स, रिसर्च पेपरहरु समेत विद्यार्थीहरुलाई उपलब्ध गराइने सिवाकोटीले जानकारी दिए।
‘यसमा प्रत्येक हप्ता एक च्याप्टरको रेकर्डेड भिडियो सामाग्री उपलब्ध गराइन्छ र च्याप्टरको अन्त्यमा विद्यार्थीहरुको सिकाइको मूल्याङ्कन गर्न 'मल्टिपल च्यावइस प्रश्नमार्फत टेस्ट' समेत लिइन्छ। साथै, विद्याथीहरुलाई कुनै कठिनाइ भएको अवस्थामा 'डिस्कसन फोरम' मार्फत सहज रुपमा समस्याको समाधान गर्न सकिने छ।
विद्यार्थीहरुले आफ्नो शिक्षकसँग लाइभ परामर्श लिनु परेमा सफ्ट्वेयर मार्फत नै अपोइन्टमेन्ट बुक गर्न सक्नेछन्,’ उनले भने।
त्यसका अलावा, कक्षाहरु रेकर्डेड हुने हुँदा विद्यार्थीहरुले आफ्नो समय अनुकुल पढ्न मिल्ने, दोहोर्याएर समेत पढ्न मिल्ने हुँदा जुम र टिम्स भन्दा धेरै प्रभावकारी हुने कम्पनीको दावी छ।
विद्यार्थीहरुले यस कक्षामा सहभागी हुन ‘ई कक्षा डट कम’ मा गई साइन अप गर्नुपर्ने हुन्छ। त्यसपछि आफ्नो कक्षामा गई आवस्यक्ता बमोजिमका विषयको कोर्षहरु किन्न सकिनेछ।
प्रत्येक विषयको सम्पूर्ण पाठको अध्ययन गर्न विद्यार्थीहरुले वर्षको १२ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। उक्त रकम इसेवा, खल्ती र बैँक ट्रान्सफर मार्फत भुक्तानी गर्न सकिने सिवाकोटीले जानकारी दिए।
रकम तिरिसकेपछि आफ्नो ड्यास बोर्डमा कोर्ष खुल्नेछ र अध्ययन गर्न, होमवर्क, टेष्ट, डिस्कसन फोरममा जिज्ञासा आदि राख्न सकिनेछ। विषयहरुको बन्डल खरिद गर्न चाहेमा छुट पाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले हाल कोर्ष शुल्कमा १० प्रतिशत छुट दिएको छ। कुनै स्कुलले यो सेवा लिन चाहे अझ छुट दिन सकिने कम्पनीले जनाएको छ। हाल यो सेवा ९ देखि १२ कक्षासम्म भएपनि दसैपछि भने १ कक्षा देखि नै हुने उनले जानकारी दिए।