काठमाडौं उपत्यकामा सार्वजनिक यातायात प्राधिकरण बनाउन बाटो खुलेको छ।
यसको लागि पूर्वाधार निर्माण विकाश समिती गठन गर्ने आदेश राजपत्रमा प्रकाशित भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री अध्यक्ष रहने यस समितीले प्राधिकरणको भौतिक तथा संस्थागत संरचना तयार पार्ने राजपत्रमा उल्लेख छ।
यो समितीले यातायात प्राधिकरणको सम्पूर्ण सिस्टम तय गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठले जानकारी दिए।
‘हामी आइतबारसम्ममा सिइओ नियुक्त गर्छौ। त्यसपछि बैठक बसेर मात्रै अरु कुरा तय हुन्छ,’ उनले भने ‘यातायात प्राधिकरण कहिलेसम्म बन्ने, क्षेत्राधिकार कति हुने अहिलै भन्न सकिदैन।’