नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघई निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनको मत परिणामअनुसार चन्द्र ढकाल प्यानलबाट आगामी कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्।
संघईले किशोर प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन्।