इसेवा मनी ट्रान्स्फर र अष्ट्रेलियाको रेमिट्यान्स् कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरे।
अष्ट्रेलियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्नेछन्।
नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पाउन सकिन्छ।
त्यसैगरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने बताइएकाे छ। नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैयाँ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ।