'स्वदेशमै शिक्षा, सबैको इच्छा' भन्ने मूल नाराका साथ बिहीबारदेखि नेपाल भर्चुअल कलेज फेयर शुरु हुदैँछ। भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डट कमको मुख्य आयोजनामा फेयर हुन लागेको हो।
विद्यार्थीहरूले विभिन्न कलेजहरुको बारेमा www.nepalcollegefair.com मार्फत नि:शुल्क परामर्श लिन सक्नेछन्।
फेयरमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरूले विद्यार्थीलाई नि: शुल्क परामर्श दिनेछन्। फेयरका बिषयमा हामीले भिजन मिडिया इनकर्पोरेशनका सिइओ जीवन लामा गोलेसँग कुरा गरेका छौं-
यस पटक भर्चुअल रुपमा फेयर आयोजना गर्दै हुनुहुन्छ कत्तिको उत्साहित हुनुहुन्छ?
हामीले ६ वर्ष देखि नेपालमा नेपाल हायर एजुकेशन फेयर गर्दै आइरहेका छौं। यसपालि भने कोभिडका कारण गर्न नपाइने हो कि भन्ने चिन्ता थियो। तर सबै कामहरु कोभिडका कारण भर्चुअल रुपमा विकसित हुदैँ गयो। त्यही भएर हामीले पनि भर्चुअल रुपमा नै फेयर आयोजना गर्ने निधो गर्यौैं। विद्यार्थीहरु पनि कोभिडका कारण घरबाटै शिक्षा लिन बाध्य भए। कलेज पनि घरबाटै छानुन भनेर हामीले फेयर आयोजना गर्न लागेका हौं।
फेयरबाट विद्यार्थीहरुले के फाइदा लिन पाउँछन?
फेयरबाट विद्यार्थीहरुले धेरै लाभ लिन सक्छन। हेर्नुहोस प्लस टु भनेको हाइ स्कुल हो तर कलेज भनेको होइन। कलेजमा आफूले भनेको जस्तो कोर्ष पढ्न पाइदैँन । मैले भन्न खोजेको बिबिएमा सिमित सिट हुन्छ ।
बिबिएसमा असिमित सिट हुन्छ। विद्यार्थीहरुले सिमित सिटमा पढ्न चाहेमा त्यो कोटाभित्र पढ्न नाम निस्कन्छ कि निस्कदैन भन्ने चिन्ता पनि हुन्छ। कलेज प्रवेशका लागि केही एडमिसन टेष्टहरु गर्नु पर्ने हुन्छ।
ती चरण पार गरेर मात्र मात्र कलेजमा प्रवेश पाइन्छ। कोटामा नाम निकाल्न कसरी प्रतिष्प्रर्धा गर्ने, एडमिसन टेष्टहरु कसरी तयारी गर्ने, कुन कलेज पढने, कुन कलेजमा कस्तो कस्तो पढाइ हुने सबै जानकारी फेयरबाट पाउन सकिन्छ। विद्यार्थीहरुले घरमा नै बसेर सबै जानकारी लिन सक्छन।
यो फेयर कस्ता विद्यार्थीहरुप्रति लक्षित छ ?
प्लस टु पास गरेर ब्याचलर पढ्ने तयारीमा रहेका, मास्टर पढ्न लागेका विद्यार्थीहरुलाई हामीले टार्गेट गरेका छौं । फेयरमा ३० वटा भन्दा बढी कलेज सहभागी हुनेछन ।
बिबिए, एमबिए, बिआईटी, बिएचएम, बिटिटिएम, बिबिएस, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडेभ्स लगायत कोर्षका बारेमा फेयरबाट जानकारी पाउन सकिन्छ।
उच्चका लागि देश बाहिर नै जानुपर्छ भन्नेहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
विदेशमा शिक्षा दिने कलेजहरुभन्दा नेपालमा पनि राम्रा कलेजहरु छन । विदेशमा शिक्षासँगै काम पनि गर्ने हो। अब यस वर्ष विगतको वर्षहरुजस्तो रहेन। कतिपय देशमा अझै लकडाउन कायम छ। कतिपय देश महिनौदेखि बन्द छ।
हामीले फेरि पढ्न विदेश जानु हुन्न भनेकै छैनौ, हामी यत्ति भन्छौं नेपालमा पनि गुणस्तर दिने कलेज छन । यहाँ पढेका विद्यार्थीहरुले देशसाथै विदेशमा राम्रो अवसर पाउने गरेका छन । स्वदेशमै शिक्षा, सबैको इच्छा हाम्रो नारा पनि हो । हामी सबैलाई सकभर स्वदेशबाट नै शिक्षा लिन आग्रह गर्छौ।
फेयरमा विद्यार्थीहरुले सहभागिता कसरी जनाउने होला?
यस फेयरमा सहभागी हुनका लागि www.nepalcollegefair.com मा रजिष्ट्रेशन गर्नुपर्नेछ। हामीले बेभसाइटमा सबै कलेजका बुथहरु राखेका छौं। कलेजका जानकारी पनि त्यहाँबाट नै पाउन सकिन्छ।
कुन कलेजको कति फि, छात्रवृत्ति कुन कुनमा छ, कसरी पाउन सकिन्छ सबै जानकारी राखेका छौं।
विद्यार्थीहरुले बेभसाइटमा नै गएर कलेजको भर्चुअल टुर पनि गर्न सक्छन। लाइभ च्याट र भिडियो च्याटको पनि सुविधा छ। घरमा नै बसेर बिद्यार्थीहरुले मज्जाले कलेजबारे जानकारी लिन सक्नेछन।