वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था बीच सम्झौता भएको छ।
नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धन सम्बन्धी सहकार्य गर्न सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्थाका प्रतिनिधीले हस्ताक्षर गरेका छन्।
यस योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लागेमा सो वापत तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ।