जनकपुरको साहित्य, संस्कृति, सभ्यता र समाजका विविध रंगहरूको अभिमुखीकरणका लागि ‘फोन–पे’ जनकपुर साहित्य महोत्सव हुने भएको छ।
बुधबार आयोजित एक कार्यक्रममा आयोजक नवमिथिला फाउन्डेसन, सह–आयोजक बुकहिल पब्लिकेसन र सानो पाइलाले जानकारी दिए।
महोत्सव निर्देशक दिलभूषण पाठकले जनकपुरको महिमालाई उजागर गर्न र मिथिलान्चलको सभ्यतालाई पुनर्जागरण गराउन महोत्सव सहायक हुने बताए।
महोत्सवले साहित्यका माध्यमबाट संस्कृती र राजनीतिसम्म समाजलाई जोड्न सहयोग पुर्याउने महोत्सव संयोजक मनिष झाले जानकारी दिए।
आयाेजककाअनुसार महोत्सव चार दिनसम्म चल्ने छ।