लकडाउन जारी भएपछिका तीनवटै त्राइमासमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षका पछिल्लो छ महिना र चालु वर्षको पहिलो तीन महिनामा आर्थिक वृद्धिदर ऋणात्मक देखिएको हो।
अर्थतन्त्र खुम्चिने दर घट्दै गएपनि ऋणात्मक अवस्थाबाट अझै माथि उठ्न सकेको छैन।
गत वर्षको तेस्रो त्राइमासमा २ प्रतिशतले ऋणात्मक भएको अर्थतन्त्र चौथो तथा अन्तिम त्राइमासमा १५ प्रतिशतले ऋणात्मक भएको थियो।
चालु वर्षको पहिलो तीन महिनामा ४ प्रतिशतले ऋणात्मक छ। विभागले भने दोस्रो त्राइमासदेखि आर्थिक गतिविधि बढ्न थालेसँगै शुन्यमा पुग्नसक्ने विश्वास गरेको छ।
अबका बाँकी त्राइमास ऋणात्मक नहुने विभागको अनुमान रहेको छ।