रुपेन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेमा ज्याेति विकास बैंकको क्युआरकोड भुक्तानी सेवा सुरु गरिएको छ।
बुधबारदेखि यो सेवा सुरु गरिएको हो। बैंकले अमुवा बजारमा ५० बढी क्युआर कोड वितरण गरेको छ।
यो सेवासँगै अमुवा बजारका पसलबाट किनेको सामानको मोबाइलबाट क्यु.आर स्क्यान गरेर सिधैँ आफ्नो बैंक खाताबाट तिर्न सकिन्छ।
क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको बैंकको विश्वास छ।
यो बैंकको हालसम्म १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएम छन्।