काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज’ (टिबिसी)ले टिबिसी जब फेयर – २०२१ आयोजना गर्ने भएको छ। कलेजले आउँदो शुक्रबार जब फेयरको आयोजना गर्न लागेको हो।
जब फेयरमा प्रतिष्ठित २५ कम्पनीहरुको सहभागिता रहने कलेजका एडमिसन तथा मार्केटिब हेड अमरदिप मण्डलले जानकारी दिए।
फेयरमा स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बिबिए, बिएससी, कम्प्युटिब तथा एसिसिएका विद्यार्थी र स्नातोकोत्तर तहको एमएस्सी आईटी, इएमबीए तथा एमआइबिएम तहका विद्यार्थीहरु पनि सहभागी हुन पाउँछन्।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिब, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका बहुर्राष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहने बताइएको छ।
कम्पनीका प्रतिनिधिहरुले टिबिसिमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाइ क्षमताको आधारमा कामको अवसर दिनेछ।
त्यस्तै, कम्पनीहरुमा बतास अर्गनाइजेसन, भोज डिल, ब्रेन डिजिट, सिजी होल्डिब, गोर्खाग्रुप, हाम्रोबजार डटकम, हिमालयन जनरल इन्स्योरेन्स, इन्ग्रिल्स प्रा.ली, लक्ष्मी बैंक लिमिटेड लगायतका कम्पनीहरुकोउपस्थिति रहने छ।
कलेजलमा अध्ययनरत तथा पूर्वविद्यार्थीहरु सबैलाई जब फेयरमा सहभागी हुन आग्रह गरिएको छ। जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ।