एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले संयुक्त राष्ट्रसङ्घीय स्वयम्सेवी नियोगसँगको सहकार्यमा अन्तरसञ्जाल सम्मेलन सम्पन्न गरेको छ।
‘स्वयम्सेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय स्वयम्सेवी नियोग थाइल्यान्ड क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिन तथा पिस क्रप्स नेपालका राष्ट्रिय निर्देशक म्याट टुल्लीले कार्यक्रम सञ्चालनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए।
संयुक्त राष्ट्रसङ्घीय स्वयम्सेवी नियोग थाइल्यान्डका क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिनले लामो जीवनयात्रा निर्धारण गर्न स्वयम्सेवाले कसरी सहयोग गर्छ भन्ने विषयमा महत्त्वपूर्ण निर्देशन प्रदान गरे।
एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले स्वयम्सेवाका क्षेत्रमा युवावर्गलाई प्रोत्साहन गर्दै फ्राइस्चिन र टुल्लीले व्यक्त गरेको चासो, समर्पण तथा प्रदान गरेको समयप्रति कृतज्ञता व्यक्त गरे।
उनले यस किसिमका अवसरले उद्यमशीलता तथा सीपमूलक शिक्षालाई प्रवद्र्धन गर्ने बताए।
प्रयोगशालामा सञ्चालन हुने अनुसन्धानमा आधारित नवीन प्रकृतिका प्रत्यक्ष परियोजनाहरूका माध्यमबाट एड्भान्स्ड कलेजले बहुआयामिक विद्यार्थी केन्द्रित क्रियाकलापलाई विस्तृतिकरण गर्दै आइरहेको छ।
त्यस किसिमका समुदायमा आधारित प्रयोगशालाहरू देशका विभिन्न भागमा सञ्चालन गर्ने संस्थाको योजना रहेको छ।