अक्सिजन ग्याँस सिलिन्डर ल्याएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले दिएको जानकारीअनुसार चार सय अक्सिजन ग्याँस सिलिन्डर, १६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर ल्याएर वाइडबडी जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ।
यी सामग्री ल्याउनका लागि जहाज हिजो राती बेइजिङ प्रस्थान गरेको थियो।
चीनबाट बाँकी सामग्री ल्याउनका लागि जहाजलाई तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिएका छन्।