नेपाल उद्योग वाणिज्य मासंघले कोभिड १९ सहायता केन्द्र सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमण रोकथाम तथा उपचारमा सहयोग गर्न भन्दै उक्त केन्द्र सञ्चालनमा ल्याइएको महासंघले जानकारी दिएको छ।
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले समुन्वय गर्ने उक्त केन्द्रले सर्वसाधारणहरुलाई उपचार तथा सावधानीका लागि सहयोग गर्ने छ।
यो केन्द्रबाट महासंघले सर्वसधारणलाई अक्सिजन सिलिन्डरको व्यवस्थापन,अस्पताल आइसोलेसन तथा अस्पताल व्यवस्थापनका काम गर्ने छ।
त्यस्तै एम्बुलेन्स,औषधि, मेडिकल उपकरण, होटल र एयर एम्बुलेन्सका लागि पनि यो केन्द्रले सहजीकरण गर्ने छ।
महासंघको यो केन्द्रबाट सहयोग लिनका लागि सचिवालयका सम्पर्क अधिकृत हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस गरेर समस्या टिपाउनुपर्ने छ।
सर्वसाधारणको समस्या आएपछि केन्द्रले समाधानका लागि पहल गर्ने छ।