विश्व बैंकले चालु वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सिमित हुने प्रक्षेपन गरेको छ।
गएको वर्ष २.१ प्रतिशतले ऋणात्मक भएको अर्थतन्त्रको विस्तार यो वर्ष पनि २.७ प्रतिशतमै सिमित हुने बैंकको प्रक्षेपन छ।
कोरोना महामारीको दोस्रो लहरका कारण देशव्यापीफ निषेधाज्ञा बढ्दै गएकाले अर्थतन्त्रको विस्तार तीव्र नहुने बैंकको अनुमान छ।
सुरुमा सात प्रतिशतको बृद्धिदरको लक्ष्य लिएको सरकारले चालु वर्षमा चार प्रतिशतसम्म बृद्धिदर हाँसिल हुने अनुमान गरेको छ।
बैंककले आगामी वर्ष नेपालको आर्थिक बृद्धिदर ३.९ प्रतिशतमै सिमित हुने अनुमान गरेको छ। सरकारले भने ६.५ प्रतिशतको बृद्धिदर हुने प्रक्षेपण यसअघि नै गरिसकेको छ।