कविता
उचाइ तिम्रो देखेँ बादल
आकाश अझ माथि छ।
सुन्दरता त जे होस् त्यहाँ
यहाँ सन्तुष्टि नै जाति छ।
सुन्दरता तिम्रो देखेँ हिमाल
उचाइ तिम्रो माथि छ।
बादलभित्र नलुक तिमी
हिँउको घुम्टो नै जाति छ।
सुन्दर यो हिमाल र उच्च त्यो बादल
उचाइ र उडान सधैं माथि छ।
स्पर्श यी दुईको लिने चाहना यो अटल
मनमा अटुट विश्वास र अडान अथाह बाँकी छ