यो सहरमा तिम्रो पहिचान के खोज्छौ
तिमी बसेको घरको अर्को कोठाले तिमीलाई चिन्दैन
विश्वास गर सत्य यही होकी उनी पनि तिमी जस्तै
सधैँ रोटीको खोजिमा बिहानै घाम झुल्किनुभन्दा पहिले
निस्कन्छन्
जम्मा दुई छाक तिम्रो पनि मेरो पनि
धन, सम्पति, यस आराम तिमी भ्रममा छौ
न त तिमी अरुभन्दा फरक सुनले बनेको
अन्न खान्छौ, आफ्नो अस्तित्वलाई खाडलमा
पुरेपछि
तिम्रो महानता केको निम्ति, घमण्ड र उन्माद
मैले समयसँगै खरानी बनेको देखेको छु तिम्रा
गगनचुम्बी आकंक्षाका आवेगहरु अर्थहीन छन्
यो सहरले तिमीलाई चिन्दैन तिमी जान्दछौ
यो र त्यो
मेरो र उनको हामी र पराइ भन्दै रास थुपार्ने
हंग्राहरुको पांग्राको गोटी बनेर सायद तिमी
चैनको सास फेर्न सक्दैनौ, तिमीलाई तिम्रो अन्त्य
थाहा छ र त्यो नै ध्रुब सत्य हो
यो सहरले तिमीलाई चिन्दैन,
बन मान्छेलाई जस्तै गिज्याइ रहेछ
खै त कुरो बुझेको!