प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई सर्वाेच्च अदालतले मंगलबार बदर गरिदिएको छ। सर्वाेच्चको निर्णयसँगै नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।
अदालतको फैसला आउनु केही अघिसम्म पनि निर्वाचन हुन्छ र प्रधानमन्त्रीको कमद सही हो भनेका सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार बिहान १२ बजेर १२ मिनेटमा कविता फेसबुकमा राखेका छन्।
‘यात्रा’ शीर्षक दिएर उनले रचेको कविता फेसबुकमा पोस्ट गरेका छन्।
यस्तो छ उनको कविता :
यात्रा
——
लड्दै उठ्दै / लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दै/ सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन -
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू -
चिरन्जिवी बनिछाड्छन् मानिसहरू !!