कम्प्युटरमा सच्चाएको जस्तै मेरो जीवनलाई पनि सच्याउन चाहनु हुन्छु? के मैले कन्ट्रोल जेड गर्नु पर्छ, हो?
आहा! क्या गज्जब हुन्थ्यो होला है? मन लागेको बेला जीवनलाई कन्ट्रोल जेड गर्न पाउँदा। यो हरेकको इच्छा र चाहना हो। तर अपसोच! यो कम्युटरको किबोर्डको 'की'मा मात्र सीमित छ।
सोच्छु कहिले काहीँ, साँच्चै मैले भन्न नै नपरेको चिज किन भनेँ? अनि झन् मजाले आवश्यक नै परेको कुरा लौजा भन्न भुलें भन्ने कुराको आभास मलाई मात्र होइन, सबैलाई हुन्छ होला।
नत्र त ‘पश्चताप’ शब्द किन हुन्थ्यो र? यदि कसैलाई यो कुरको पश्चताप नै हुँदैन भने तिनीहरु पक्कै सुपर ह्युमन हुनु पर्छ कि त अर्कै ग्रहका प्राणी हुनु पर्छ।
एउटा सानो अन्जान गल्ती के गरें, मेरो हरेक कामलाई नजरअन्दास गरिदिने? त्यसो त हामी मानिस हो, गल्ती भैहाल्छ! कि त कम्युटर हुनु पर्यो। कि त पहिले नै फङसन गरिएको रोबर्ट हुनु पर्यो। कन्ट्रोल जेडको खासिएत बढो अच्चमित पार्ने छ।
लेखिसकेको कुरालाई फेरि फिर्ता ल्याउने, गल्तीबस् मेटिसकेको फाइललाई एक झट्मै खोल्ने। यो त मानव जीवनको पो धेरै प्रयोगमा आउँथ्यो होला, हैन? भगवानलाई त आवश्यक नपार्ला किनभने उनीहरुले कोरिसकेको भाग्य किन मेट्थे र? तर त्यो भाग्यलाई कन्ट्रोल जेड गरी हामी लेख्न चहान्छौँ।
प्रेममा धोका खाइसकेपछि पासाङ आफ्नो जीवनको पललाई कन्ट्रोल जेड गर्न चाहन्छ। जहाँबाट सुरु गरेको, त्यहीँबाट नयाँ अनि दिगो कहानी लेख्न चाहन्छ! जागिरको सिलसिलामा भएको अन्तर्वार्ताबाट नाम ननिस्केपछि तपेन्द्र अन्तर्वार्तालाई नै कन्ट्रोल जेड गर्न चाहन्छ।
धनको प्रोलोभन देखेर आफ्नो छोरा खाडी पठाएका रमेश काका, अहिले आफ्नै छोराको लास हेरेर निशब्द छन्। सायद उनी पनि त्यो पललाई कन्ट्रोल जेड गर्न चान्छन् होला।
नेपालको बढ्दो राजनीतिक क्षेत्रको उतार चढाव देखेर, नेपाली जनताहरु यो राजनीतिलाई नै कन्ट्रोल जेड गर्न चाहन्छन्। दर्दनाक बलात्कारपछि हत्या भएकी विचरी निर्मला र भागिरथीको जीवन फिर्ता ल्याउन कन्ट्रोल जेड गर्नु पर्ने हो!
सबै चेलीको घाउमा मल्हम लगाउन कन्ट्रोल जेड दबाउन नै पर्ने हो! तर त्यस्तो हुँदैन र पो। नत्र कयौँ नाबालक, कयौं निर्दोषलाई फिर्ता ल्याउन सकिन्थ्यो। अनि पत्झड जस्तै साह्रो अनि जरा जस्तै गडेको घाउलाई कन्ट्रोल जेड गरी मेटाउन सकिन्थ्यो। तर यदि साँच्चै गर्न मिल्ने भए किन आमावुबाको आखाबाट बलिन्धारा आँसु खस्थ्यो र?
कसैलाई पश्चताप भएमा ए, ब्रो कन्ट्रोल जेड गरी हाल त भनेर सल्लाह दिन्थे तर छैन। अन्त्यमा आत्मबल बलियो बनाउन भए नि सल्लाह दिन्छु। सर्वाधिक प्रयोगमा आउँथ्यो होला यो चिज किनभने हरेक व्यक्तिलाई आफ्नो विगतमा घटेको घटना सच्याउने रहर र इच्छा कसलाई हुन्न र?
सबै कुरको मानव जीवनमा अनुसन्धान वैज्ञानिकले गरे तर कन्ट्रोल जेड मनुष्यको अपरिहार्य यन्त्र हो भन्ने कुरा किन सोचेनन्? आविष्कार गर्दा कयौँ गल्ती हुँदा पनि चेतमा आएन, कन्ट्रोल जेड?
आयो होला तर असम्भव कुरकाको बारेमा ध्यान दिएनन्। जुन चिज सम्भव छ त्यो चिज पत्ता लगाए। यदि कन्ट्रोल जेड हुने हो भने यो समय प्रतिस्पर्धाको हुने थिएन। सबै अमर हुने थिए। विश्व युद्धलाई पनि मेटाउन सकिने थियो।
तर जे छ त्यसमा नै रमाउनु पर्छ है मित्र, भनेको कुरा सबै हुनै पर्छ भन्ने पनि त होइन नि। कि कसो? बरु जस्ले आफ्नो गल्तीलाई स्वीकारेर हिँड्छ, त्यो नै महान् कहलिन्छ। सधैँ धिकारेर आखिर हुने त केही पनि होइन नि।
सधैँ पश्चतापको भार मात्रै लिने? अनि जीवनलाई सार्थक बनाउने कहिले? गल्तीलाई महशुस गरौँ, अनि सुधारौं। अब गल्ती नहुने त मान्छे नै हुँदैनन् नि। त्यसैले यो विचित्र लोकमा अग्रगामी छलाङ मार्नु छ भने विगतबाट केही पाठ सिकौं, आफ्नो आत्मविश्वास बढाई आत्मनिर्भर बनौं।
यति गरिसकेपछि किन चाहियो कन्ट्रोल जेड? त्यसैले यो हावादारी कन्ट्रोल जेडको पछाडि नलागौं, गल्ती हुन्छ अनि सुधारिन्छ पनि।
मानिस हामीँ आफै बरदान हौं। यहाँ कोही छैन साना अनि ठुला। सब बराबरी। यो धर्ती सबैको साझा हो। कसैको बाउको पेवा होइन। जे छ त्यही बोलिन्छ, गल्ती भए स्वीकारिन्छ, आवश्यक परे गुहारिन्छ पनि।
सहयोग गर्न कहिले पछि हटिँदैन। अनि बल्ल पो मानव हुन्छौँ त हामी। के थाहा हाम्रो कर्मलाई देखेर हाम्रो छोटो आयुको लम्बाइको लागि भगवानले कन्ट्रोल जेड पो गर्लान् कि?