आजका तस्बिरहरू फागुन ११
संसद पुनर्स्थापनाको खुसीयालीमा दीप प्रज्वलनसंसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ। विवेकशील साझा पार्टी, नेविसंघ र युवा संघले माइतीघर मण्डलामा र प्रचण्ड-नेपाल नेतृत्वको विद्यार्थी संगठनले मंगलबार साँझ दीप प्रज्वल गरेका हुन्। तस्बिर : नारायण महर्जन
ह्याप्पी बर्थ डे केपी बा!प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन्। प्रधानमन्त्रीले बालमन्दिरका बालबालिकासँग जन्मदिन मनाएका हुन्। तस्बिर : नारायण महर्जन
विरोध प्रदर्शनसंसद विघटनको विरोधमा आदिवासी जनजाति महासंघ नेपाल,मधेसी राष्ट्रिय मुक्ति मोर्चा, अखिल नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक मधेसी संगठन लगायतका समूहले राजधानीमा सांस्कृतिक प्रदर्शन गर्दै। तस्बिर : निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्