आजका तस्बिरहरू साउन १२
भाइरल भयो हरियो खेत बीचको चिल्लो सडकसुर्खेतको वीरेन्द्रनगर-१० स्थित काँक्रेबिहारको पूर्वी छेउदेखि चौखेढुंगासम्म जोड्ने सडक भाइरल भएको छ। खेतको बीचमा खिचिएका तस्बिर, भिडिओ सामाजिक सञ्जालमा राख्न थालेपछि त्यहाँ पुग्ने मानिसको भिड लाग्न थालेको हो। तस्बिर : दीपकजंग शाही/सेतोपाटी
जीर्ण बन्दै झोलुङ्गेपुलनवलपुरको बौदिकाली गाउँपालिका र तनहुँको घिरिङ गाउँपालिका जोड्ने कालीगण्डकी खर्साङघाटको झोलुङ्गेपुल। करिब चार दशकअघि निर्माण भएको यो पुल अहिले जीर्ण बन्दै गएको छ। तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्