आजका तस्बिरहरू- असोज ३
संविधान दिवसमा परेवासातौं संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा उडाइएका परेवा। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्रभुकम्पले क्षति पुर्‍याएको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र अवस्थामा। मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने सामाग्री, कालीगढलगायतको अभाव भएको भन्दै पुनर्निर्माण ठप्प छ। तस्बिरः देवेन्द्र बस्न्यात
प्रतिक्रिया दिनुहोस्