आजका तस्बिरहरू- असोज ४
पर्खाइमाराजधानीको ठमेल क्षेत्रमा यात्रुको पर्खाइमा रिक्सा चालक। कोरोनाका कारण पर्यटकको आवागमन घटेसँगै उनीहरू आन्तरिक पर्यटकको भरमा छन्। निषेधाज्ञा हटेसँगै उनीहरू पनि आशावादी भएका छन्। तस्विर :नबीन बाबु गुरूङ/ सेतोपाटी
बजेट पारितप्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट बजेट पारित हुँदै। सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। तस्बिरः निशा भण्डारी/सेतोपाटी
खोपका लागि लाइनकोरोनाविरूद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण। हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन सुरू भएको छ।तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
थकाली पोशाकमा जोमसोमका युवतीहिमालपारी जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ४ जोमसोममा थकाली पोशाकमा जोमसोमका युवती। पृष्ठभूमीमा जोमसोम छोछोलिङ गुम्बा । तस्वीर निरज थकाली
प्रतिक्रिया दिनुहोस्