आजका तस्बिरहरू- असोज ८
कहिले बन्ला!काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावर निर्माणको काम गर्दै कामदारहरू। सम्झौता अनुरूप निर्माणमा ढिलासुस्ती भएको भन्दै ठेकेदार कम्पनीको आलोचना हुँदै आएको छ। यहाँ सर्वाधिक सुविधासम्पन्न भ्युटावर बन्ने भनिएको छ। तस्विर : नबिन बाबु गुरूङ /सेतोपाटी
फर्पिङमा जात्राको तयारीफर्पिङमा हुने काठमाडौंको प्राचीन जात्रामध्येकै एक हरिशङ्कर जात्राको तयारीस्वरूप कोटालटोलमा ल्याईएको गोपालेश्वरको रथ। आगामी असोज १५ गते मध्यरातदेखि फर्पिङमा जात्रा सुरू हुन्छ। गत वर्ष कोरोनाले रोकिएको जात्रा यसवर्ष स्वास्थ्य सतर्कता अपनाएर गरिन लागेको हो। तस्बिरः देबेन्द्र बस्न्यात।
प्रतिक्रिया दिनुहोस्