आइपुग्यो मरिससको फुटबल टिमनेपालविरूद्ध खेल्न मरिससको फुटबल टिम काठमाडौं आइपुगेको छ। मरिसस र नेपालबीच दशरथ रंगशालामा आगामी शनिबार र मंगलबार गरी दुइटा मैत्रीपूर्ण खेल हुँदैछ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सीता एयरका जहाजहिमपातले उडान भर्न नसकेका सीता एयरका दुइटा जहाज। आइतबार सिमकोट विमानस्थलमा रोकिएका थिए भने मौसममा हल्का सुधार हुँदा सोमबार उडान भरे। तस्वीर:दाने बोहरा, रासस
हिमपातको समयमा उपचारका लागि बिरामी सिमकोट लगिँदैहुम्लाका नागरिक बिरामी हुँदा अझैसम्म स्टेचरमा उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउने गर्दछन्। हिमपातको समयमा पनि गाउँबाट उपचारका लागि बिरामी सिमकोट लगिँदै। तस्वीर: दाने बोहरा, रासस
मधेस सहिद गेटमधेस प्रदेशको राजधानी जनकपुरधामको मुजेलियामा निर्माण भइरहेको मधेस सहिद गेट (प्रवेशद्वार) को निर्माण कार्य अन्तिम चरण पुगेको छ। ढल्केवर–जनकपुर राजमार्गको छ लेन सडकको मुजेलियामा धनुष आकारमा निर्माण हुन लागेको मधेश सहिद गेट। तस्वीर: अजयकुमार साह, रासस
लाहाँ गाउँठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ। तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ। तस्वीर: हेमन्त केसी, रासस