रूसले युक्रेनमाथि गरेको आक्रमणविरूद्ध काठमाडौंमा प्रदर्शनरूसले युक्रेनमाथि गरेको आक्रमणविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ। रूसले युक्रेनमाथि गरेको आक्रमण मानवतामाथि निर्मम प्रहार भएको भन्दै तत्काल युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सञ्चालनमा आयो निर्वाचन आयोगको कल सेन्टरनिर्वाचन आयोगले मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ। मंगलबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घाटन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भक्तपुर खँल्लामा खानेपानीको दुःखभक्तपुर नगरपालिका–५ , खँल्लामा इनारबाट तानेको धमिलो पानी भर्दैै महिला। काठमाडौं उपत्यका खानेपानी-काउखालीले भक्तपुर नगरका केही ठाउँमा दिन बिराएर, कतै पाँच दिनको एक पटक, कतै हप्तामा एक दिन पानी वितरण गरे पनि खँल्लामा भने महिनौंसम्म पानी नपठाएपछि स्थानीयवासी धमिलो पानी प्रयोग गर्न बाध्य छन्। तस्बिर: लक्ष्मी गारु/रासस
निर्माणाधीन दमक भ्युटावरदमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्युटावर’। १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँको लागतमा निर्माणाधीन १८ तले भ्युटावरको १३ तला निर्माण कार्य सम्पन्न भइसकेको छ। तस्वीर: यज्ञराज आङदेम्बे, रासस
खुला भयो गद्दी बैठकबसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ। भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी