बिस्का: जात्राभक्तपुरको बिस्का: जात्रामा लिंगो ठड्याउँदै। हरेक वर्ष वैशाख १ गते भक्तपुरमा बिस्का जात्रा मनाउने गरिन्छ। वैशाख १ को अघिल्लो दिन लिंगो ठड्याउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ
रमणीय नमोबुद्धकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ मा अवस्थित रमणीय पर्यटकीय नमोबुद्ध गुम्बा। यहाँको ऐतिहासिक सम्पदा तथा पर्यटनकीयस्थल भएकाले विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिएको छ। तस्वीर: राजकुमार पराजुली, रासस
तटबन्धनका लागि काम गर्दै मजदुरतनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा तटबन्धनका लागि काम गर्दै मजदुर। पाटन पार्क मादीसेती नदीले कटान गर्न थालेपछि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तटबन्धन गरिएको हो। तस्वीर: कृष्ण न्यौपाने/ रासस
गहुँ भित्र्याउने चटारोमा किसानम्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटमा गहुँ भित्र्याउने चटारोमा किसान। यतिबेला म्याग्दीका ग्रामीण क्षेत्रमा कामको चटारो सुरू भएको छ। तस्वीर: ध्रुवसागर शर्मा/रासस
उपवास तोड्न फलफूल किन्दै मुस्लिम धर्मावलम्बीमुस्लिम धर्मावलम्बीहरूको रमजान (पवित्र एक महिना उपवास राख्ने समय) चलिरहेको अवस्थामा साँझपख प्रत्येक दिन खाना खाने परम्परा रहेकामा उपवास तोड्नका लागि महोत्तरीको मटिहानी बजारमा फलफूल किन्दै मुस्लिम धर्मालम्बी। तस्वीर: सञ्जीतकुमार मण्डल/ रासस