मच्छिन्द्रनाथ रथ र मीननाथको रथवर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रूपमा रहेको माई सिमा (माई रूख)लाई बुधबार परिक्रमा गराइँदै। उक्त रूखलाई दुई चरण परिक्रमा पछि इतिटोलसम्म आज रथ पुर्याइएको छ। तस्बिर: रत्न श्रेष्ठ, रासस
मतदाता लिएर गाउँतर्फ जाँदै गरेको सवारी साधनको लर्कोसहरमा पेशा व्यवसाय गरी बस्दै आएका मतदाताहरू वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को लागि मतदान गर्न मतदाताहरू लिएर गाउँतर्फ जाँदै गर्दा बुधबार अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा देखिएको सवारी साधनको लर्को। तस्वीर: पेमा लामा, रासस
मतदातालाई परिचयपत्र वितरणसंखुवासभाको सदरमुकाम खाँदबारीस्थित टुँडिखेलमा रहेको मतदान केन्द्रका कर्मचारी मतदातालाई बुधबार मतदाता परिचयपत्र वितरण गर्दै। तस्बिर: भविन कार्की/रासस
घर लिपपोत गर्दैकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा ढुङ्गा माटोबाट निर्मित घर लिपपोत गर्दै स्थानीय थारू समुदायका युवतीहरू। तस्बिरः शेरबहादुर सिंह/रासस
मकै पोलेर जीविका चलाउँदै महिलाशुक्लाफाँटा नगरपालिका– १०, झलारीस्थित खुलामञ्च छेउमा बसेर मकै पोलेर बेच्दै गरेका महिला। आर्थिक रूपमा विपन्न समुदायले थोरै पुँजी लगानी व्यवसाय सञ्चालन गरी आफ्नो जीविका चलाउने गरेका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरू/रासस