त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धारको पूर्व अभ्यासत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) गरिएको छ। विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्व अभ्यास गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ
विपद्सम्बन्धी पूर्व नमूना अभ्याससशस्त्र प्रहरी मनकामना गण भानुले बुधबार दमौलीमा आयोजना गरेको विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा आगलागी भएको घर वारुण यन्त्रको सहयोगबाट निभाउने प्रयास गरिँदै। तस्बिर: कृष्ण न्यौपाने/रासस
लोक सेवा आयोगको नवनिर्मित भवनकाठमाडौंको कमलपोखरीस्थित लोक सेवा आयोगको नवनिर्मित भवन। तस्बिरः प्रदीपराज वन्त/रासस
महाकाली नदीमाथिको पुल कालोपत्रे गरिँदैकञ्चनपुरको महाकाली नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल कालोपत्रे गरिँदै। तस्बिरः शेरबहादुर सिंह/रासस
धान खेततनहुँको व्यास नगरपालिका–११ घाँसीकुवास्थित धान खेत। असारमा रोपाइँ गर्नका लागि यहाँका किसानले चैतमा लगाइएको धान काट्न सुरू गरेका छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस