'अपरेसन ह्वाइट डस्ट'काठमाडौंबाट लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब बराबरको हेरोइनसहित सात दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ। यो नेपाल प्रहरीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मात्रामा बरामद भएको प्रहरीको जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
नरभक्षी बाघ नियन्त्रणमाचितवनमा एक युवतीलाई आक्रमण गरेको १० घण्टापछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले भरतपुर-२७ मेघौली नजिककै राधाकृष्ण सामुदायिक वनभित्र बाघ भेटाएको हो। तस्बिर: राजेश घिमिरे
मुस्कान!नेकपा एमालेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा मुस्कुराउँदै अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राजधानीमा भूमेको रौनकराजधानीको खुलामञ्चमा भूमे/भूम्या पर्वमा सहभागीहरू। नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा भइरहेको पर्व भोलिसम्म हुनेछ। तस्बिर: नवीनबाबु गुरूङ
सेल्फी लिऊँ है!नेकपा एमालेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा एमालेबाट निर्वाचित काठमाडौंकी उपमेयर सुनिता डंगोलसँग फोटो खिचाउँदै जनप्रतिनिधि। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी