बालबालिकालाई कोरोनाविरूद्धको खोपआजदेखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरूद्धको पहिलो मात्रा खोप दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरूलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
जलवीरेको लामो झरनाचितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलवीरे लामो झरनामा रमाउँदै पर्यटकहरू। तस्बिर: हीरालाल गुरूङ/रासस
आइपुग्यो रेलकरिब ५ सय धार्मिक पर्यटक बोकेर बिहीबार अपरान्ह रामायण सर्किट रेल जनकपुर आइपुगेको छ। रामायण सर्किट अन्तर्गत भारतीय रेल्वेले सञ्चालन गरेको ‘भारत गौरव एसी पर्यटक ट्रेन’ नामक रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो। तस्बिर: रोहित महतो
दही बनाउन दूध उमाल्दै महिलाभक्तपुर नगरपालिका–८, लिवालीमा दही बनाउन दूध उमाल्दै महिला। भक्तपुरमा उत्पादन गरिने जुजु धौको माग उच्च छ। तस्बिरः लक्ष्मी गारु/रासस