पदभार ग्रहणचलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्। बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पूर्वराजा महेन्द्रले प्रयोग गरेको सवारीपूर्वराजा त्रिभुवन र उनको परिवारले प्रयोगमा ल्याएको सवारी। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यी दुई सवारी आजदेखि नारायणहिटी दरबार संग्रहालय परिसरमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखेको छ। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
पर्याप्त पानी नपर्दा बेगनास तालमा पानीको सतह घट्दो क्रममाकास्कीको लेखनाथस्थित बेगनास तालमा पानीको सतह घट्दो क्रममा। बर्खामा पनि पर्याप्त पानी नपर्दा तालमा पानीको सतह माथि आउन सकेको छैन। तस्बिर: वासुदेव पौडेल/रासस
राजमार्गमा पल्टिएको ट्रकपृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ स्थित छिर्कन नजिक राजमार्गमा बुधबार बिहान पल्टिएको ग१ख ४७९२ नंको बालुवा बोकेको ट्रक। उक्त ट्रक पल्टिएका कारण राजमार्गमा अन्य सवारीसाधान चल्न सकेका छैनन्। तस्बिर: सानेबहादुर नेपाली/रासस
खुवा बनाउँदैकाभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२, पाट्नेखोलाका एक स्थानीय दूधको परिकार खुवा बनाउँदै। उनले स्थानीय कृषकबाट दूध संकलन गरी वर्षौंदेखि खुवा बनाउँदै आएका छन्। तस्बिर: राजकुमार पराजुली/रासस