यसरी काटिँदैछ सिनामंगल क्षेत्रमा रूखकाठमाडौं महानगरपालिकाले सिनामंगल क्षेत्रमा रूख कटान गरेको छ। आज बिहान महानगरबाट खटिएको टोलीले जोखिमयुक्त रूख कटान गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
झरनाजाजरकोटको नलगाड नगरपालिका–१२ स्थित रहेको तलछरा झरना। भेरी करिडोरको छेउ र भेरी नदीको किनारमा यो झरना भएकाले सबैको रोजाइमा पर्दै आएको छ। तस्बिर: हेमन्त केसी, रासस
भरतपुरमा बन्दै गरेको छ लेन सडकभरतपुरमा छ लेनमा विस्तार भइरहेको पुल्चोक–गोन्द्राङ सडकको मिलनचोक क्षेत्र। यो सडक विस्तारको पचास प्रतिशत काम सकिएको छ। तस्बिर: कृष्ण आचार्य, रासस
मेलम्चीको पानी काठमाडौं पठाउन काम सुरूमेलम्चीको पानी काठमाडौं पठाउन काम सुरू। वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा सुरूङ बन्द गरिएको थियो। यसपालिको वर्षाले सुरूङमा क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको र सो सडक निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। तस्बिरः देवराज सुवेदी/रासस