प्रधानमन्त्री टिचिङ अस्पतालमामहाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। प्रधानमन्त्रीले बिहिबार शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेका छन्। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
सभामुख बने घिमिरेसभामुखमा निर्वाचित भएपछि अभिवादन गर्दै देवराज घिमिरे। उनी १६७ मत ल्याएर सभामुखमा निर्वाचित भएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
उपभोक्ताको प्रतीक्षामा माछा व्यापारीसुनसरीको इनरुवा बजारमा उपभोक्ताको प्रतीक्षामा बसेका माछा व्यापारी। साना माछा सुकाएर बनाइने सिद्रालाई तराईमा चटनी (अचार) बनाएर खाने चलन छ। तस्बिरः नवीन गड्तौला/रासस
बस्ती विस्तारपूर्वी रूकुमको भूमे गाउँपालिका–१ लुकुममा तीव्र बस्ती विस्तार हुँदै। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि यहाँ बस्ती विस्तार हुन थालेको हो। तस्बिर: डम्मर बुढा मगर/रासस
मोटरबाटो अनुगमनमोटरबाटो अनुगमन गर्न घोडामा चढेर उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित साल्दाङ (निजाल) देखि वडा नम्बर ३ को भिजेरसम्म पुगेका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने तथा जनप्रतिनिधिहरू। सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पाको उच्च भागमा स्थानीय सरकार गठनपछि ५ करोड २७ लाख रुपैयाँमा यो सडक निर्माण कार्य जारी रहेको छ। तस्बिर: हेमन्त केसी/रासस