सरस्वतीको मूर्तिसुनसरीको सदरमुकाम इनरुवा–२ मा बिक्रीका लागि राखिएको माटोबाट निर्मित सरस्वतीको कलात्मक मूर्ति। तस्बिर: अजितकुमार झा/रासस
सांसदलाई खाजा खान क्यान्टिनमा बनाइयो छुट्टै ठाउँसंघीय संसदका सांसदहरूलाई खाजा खान क्यान्टिनमा छुट्टै ठाउँ बनाइएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको क्यान्टिनमा सांसदहरूका लागि खाजा खाने बेग्लै ठाउँ बनाइएको हो। तस्बिर: मनोज सत्याल
हिमपातकै बीचमा भेडा चर्दैमुगुको सदरमुकाम गमगढीमा हिमपातकै बीचमा भेडाहरू चरिचरण क्षेत्रतर्फ लगिँदै।तस्बिरः रामदेबी खडका/रासस
जुफालमा हिमपातहिमपात भएपछि सेताम्मे भएको डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालस्थित आसपास क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस