यो देश कि बधशाला?काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ। आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेकाहरूले बताएका छन्।
किसानलाई हाते ट्र्याक्टरमेलम्ची नगरपालिका–६ का किसानलाई वितरण गर्न राखिएको हाते ट्र्याक्टर। कृषि विकास शाखाद्वारा मेलम्ची नगरपालिका–६, तालामाराङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई ४२ वटा ट्र्याक्टर वितरण गरिने छ। तस्बिरः किरण थापा/रासस
निर्माणाधीन ऐतिहासिक मंगलसेन दरबारविगत १६ वर्षदेखि निर्माण पूरा हुन नसकेको मंगलसेन नगरपालिका वडा नं ५ स्थित ऐतिहासिक मङ्गलसेन दरबार। सालको काठ सहज रूपमा उपलब्ध हुन नसक्दा दरबार निर्माणमा ढिला भएको निर्माण व्यवसायी बताउँछन्। तस्बिरः विष्णु कल्पित/रासस
अछामको विरालतोली गाउँअछामको मङ्गलसेन नगरपालिका–३ स्थित विरालतोली गाउँमा रहेको परम्परागत घरहरू। तस्बिरः विष्णु कल्पित/रासस
हिमपातउपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा भारी हिमपात भएपछि सेताम्य भएको गाउँ। हिमपातका कारण दैनिक जनजीवन समेत प्रभावित भएको सर्वसाधारणले बताएका छन्। तस्बिर: हेमन्त केसी/रासस